प्रथम गण्डकी प्रदेशस्तरिय फुल कन्ट्याक्ट प्रतियोगिता सम्पन्न
पाेखरा | जेठ २१, २०८०
पोखरा: प्रथम गण्डकी प्रदेशस्तरिय फुल कन्ट्याक्ट प्रतियोगिता सम्पन्न भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा फुल कन्ट्याक्ट कराते संघ गण्डकी प्रदेशको समन्वयमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा ३५ केजी तौल पुरुष तर्फ स्याङजाका सुरेश सार्कीले स्वर्ण पदक जितेका छन् ।
उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित समेत भए । उनलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य खगेन्द्र क्षेत्रीले नगद ५ हजार सहित पुरस्कृत गरे । सोही तौल स्पर्धामा तनहुँका सन्जन गुरुङले रजत पदक जित्दा म्याग्दीका अशिम सारु मगर र कास्कीका सत्कार प्रतेलले कास्य पदक जिते ।
४५ केजी तौल पुरुषतर्फ गोर्खाका अर्मान गुरुङले कास्कीका विक्रम सुनारलाई फाइनलमा पराजित गर्दै स्वर्ण पदक जितेका छन् । कास्कीका संगम खड्का र स्याङजाका समिर खाँडले कास्य पदक हात पारे ।
५५ केजी तौलतर्फ स्याङजाका निरज राना मगरले स्वर्ण, कास्कीका दिपेश ठकुरीले रजत, कास्कीका कृष्ण थापा मगर र तनहुँका गौरव थापाले कास्य पदक जिते ।पुरुष खुल्ला तौलमा स्याङजाका सञ्जय कुमार गुप्ताले स्वर्ण, म्याग्दीका लिला बहादुर बिकले रजत, कास्कीका अर्जुन विश्वकर्मा र गोर्खाका कुमार रोक्काले कास्य पदक हात पारे ।
त्यस्तै महिलातर्फको खुल्ला तौलतर्फ गोर्खाकी कविता नेपालीले स्वर्ण, स्याङजाकी चिन मायाँ दर्लामीले रजत, कास्कीकी कला क्षेत्री र पर्वतकी रोजा गुरुङले कास्य पदक जितेका छन् ।महिलातर्फ नै भएको ५० केजी तौलमा कास्कीकी सरगम कुमालले फाइनल प्रतिस्पर्धामा कास्कीकै मेनुका अधिकारीलाई पराजित गरी स्वर्ण पदक जितेकी छन् । म्याग्दीकी सकृया पुन र नवलपुरकी आरती विकले कास्य पदक प्राप्त गर्न सफल रहेका छन् ।
प्रतियोगितामा बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडा, प्रदेश खेलकुद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, कार्यकारी सदस्य ऋषीराम गौतम, सदस्य खगेन्द्र क्षेत्रीलागतयले ट्रफी मेडल र प्रमाण पत्र वितरण गरेका थिए । सो अवसरमा मन्त्री सिंखडाले खेलकुद क्षेत्रलाई अझै व्यवस्थित बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।
दुई दिन सम्म सञ्चालन भएको प्रतियोगितामा मुख्य निर्णायकको भूमिकामा विजय आले मगर रत्न बहादुर आले, हरि बहादुर खड्का (नाराज) र कृष्ण बहादुर नेपाली रहेका थिए ।
प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक ९ जिल्लाका महिला तथा पुरुष खेलाडीहरु गरी ६० जनाको सहभागिता रहेको थियो ।
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब हङकङका अध्यक्ष सरोज गुरुङ (खम) ले आर्थिक सहयोग गरेका छन् । नेपाल...
पोखराको फेवातालमा कार खस्दा एक युवकको मृत्यु भएको छ। शनिबार बिहान पोखरा महानगरपालिका–६ पामेस्थित गैराकोचौतरा नजिकै कार अनियन्त्रित भई तालमा खस्दा चालकको ज्यान गएको हो। मृत्य...

